नतिजामुखी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका निकायमा कार्यसम्पादनका क्रममा देखिएका समस्या तत्काल समाधान गरी नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडेक) बैठकलाई आज सम्बोधन गर्दै उहाँले समस्या र प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य गरी तिनको समाधानमा केन्द्रित हुनुपर्ने बताए ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले मन्त्रालयभित्र के–कस्ता समस्या छन् ? ती कहाँबाट उत्पन्न भएका हुन् र तिनको गाँठो कसरी फुकाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । विगतमा भएका काम, त्यसबाट प्राप्त नतिजा र हाल देखिएका चुनौतीको समीक्षा गर्दै समाधानमुखी ढङ्गले अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट अभाव भएको गुनासो आउने गरेको तर विनियोजन भएको बजेटसमेत अपेक्षा अनुसार खर्च हुन नसकेको उल्लेख गर्दै उनले त्यसको कारण पहिचान गर्न आवश्यक रहेको बताए । अरु विषयगत मन्त्रालयहरूले अर्थ मन्त्रालयले पर्याप्त बजेट नदिएको गुनासो गर्ने तर प्राप्त बजेट खर्च गर्न नसक्ने अवस्थाले कार्यसम्पादनमा रहेका कमजोरी उजागर गरेको उनको भनाइ थियो ।

सम्बन्धित समाचार

ताजा समाचार