काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने भएको छ ।
मंगलबार बसेको काठमाडौं महानगरपालिका ५० औं नगर कार्यपालिका बैठकले उक्त अधिवेशनको मिति तय गरेको हो । जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाको नगर सभाको १९ औँ अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रश्ताव उक्त बैठकले पारित गरेका महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले बताएकी छन्।
उनले भनिन्,‘काठमाडौं महानगरपालिका नगरसभाको १९ औँ अधिवेशन आह्वान गर्ने सम्बन्धमा आगामी जेठको ३१ गते आईतवार विहान ११ बजे राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाकमो नगर सभाको १९ औ अधिवेशनको पहिलो बैठक बस्नेगरी अधिवेशन गर्ने प्रश्ताव निर्णयार्थ प्रश्तुत गर्दछु ।’
त्यसैगरी बैठकले नेपाल भाषाको स्थानीय पाठयक्रम, बाल विकास तथा पूर्वप्राथमिक तहको पाठयक्रम पनि स्वीकृत गरेको छ काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरुको कक्षा ८ सम्म नेपाल भाषाको पठनपाठन हुन्छ । पूर्वप्राथमिक तहमा पनि त्यसलाई लागू गर्नेगरी उक्त पाठ्यक्रम स्वीकृत गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार