राप्रपामा ठूलो झट्काः १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि चुलिँदै जाँदा पार्टीका केही शीर्ष पदाधिकारीसहित १८३ जना नेता तथा कार्यकर्ताले पार्टी छाड्ने घोषणा गरेका छन्।

बिहीबार जारी गरिएको संयुक्त वक्तव्यमा राप्रपाका महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठलगायत केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेको जानकारी दिएका हुन्।

उनीहरूले यो कदम पहिलो चरणको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा थप नेता तथा कार्यकर्ताहरू पनि पार्टीबाट अलग हुन सक्ने संकेत गरेका छन्। पार्टी परित्याग गर्नेहरूको नामावलीसमेत वक्तव्यसँगै सार्वजनिक गरिएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार