कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले अत्तरियामा डेरा गरी बस्दै आएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई १ ग्राम १६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित बुधबार बिहान पक्राउ गरेको हो।
प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।

