काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जेठ १५ गतेलाई प्रचण्डतन्त्र दिवस भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत व्यङ्ग्यात्मक शुभकामना व्यक्त गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा मिश्रले दिएको यो शुभकामनाले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
मिश्रले आफ्नो स्टाटसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रचण्ड युगुका नायक र प्रचण्डतन्त्रका पिताको रूपमा चित्रण गर्दै उनको राजनीतिक प्रभावलाई तीखो व्यङ्ग्य गरेका छन्।
उनले प्रचण्डको राजनीतिक यात्रालाई आफू फुल्नु भयो, झर्नु भयो, रूनु भयो, रूवाउनु भयोस मार्नु भयो, मराउनु भयोस खुम्चिएर मरिच हुनुभयोु भन्दै उतारचढावपूर्ण र विवादास्पद रहेको संकेत गरेका छन्।
विशेषगरी, मिश्रले प्रचण्डको प्रभाव यति व्यापक भएको दाबी गरेका छन् कि उनले संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामिछाने र स्वर्णीम वाग्लेसम्म, गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा. शेखर कोइरालासम्म, केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म, गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म, देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्मु सबैलाई प्रचण्डवादी बनाइदिएको उल्लेख गरेका छन्।
उनले यी सबै पात्रहरू प्रचण्डलाई श्रेय दिन नचाहे पनि उनीहरूको अनुहारमा प्रचण्डको लेप लागेको टिप्पणी गरेका छन्।
मिश्रले आफ्नो फरक मत राख्दै प्रचण्डतन्त्र दिवस इतिहास् रहोस्, अमर नरहोस् भन्दै प्रचण्डको राजनीतिक शैली र प्रभावको आलोचना गरेका छन्। उनले यो दिवसलाई इतिहासमा मात्र सीमित राख्नुपर्ने र यसलाई अमर बनाउन नहुने आशय व्यक्त गरेका छन्।


