निर्वाचन सम्पन्न हुनु जनता र संविधानको जित

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनुलाई नेपाली जनता, संविधान र राष्ट्रकै ऐतिहासिक जितका रूपमा व्याख्या गरेकी छिन्। ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले कठिन र विशेष परिस्थितिमा पनि सफलतापूर्वक निर्वाचन गराउन सक्नु मुलुकका लागि ठुलो उपलब्धि भएको बताएकी हुन्।

निर्वाचनले देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक निकास दिएको भन्दै उनले यस प्रक्रियामा सहयोग पुर्‍याउने सबैप्रति आभार प्रकट गरेकी हुन्।प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र केवल कागजको टुक्रा मात्र नभएर नागरिकको आत्मसम्मानको प्रतीक भएको उल्लेख गरिन्। निर्वाचनबाट प्राप्त जनादेश सधैँका लागि स्थायी नहुने भएकाले नवनिर्वाचित जनप्रतिनिधिहरूले यसबारे सधैँ हेक्का राख्नुपर्ने उनको धारणा रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार