शिवरात्रीमा पशुपतिमा एक युवकको संकास्पद मृत्यु भएको छ ।शिवरात्रीको भोलिपल्ट एक युवकको शव पशुपतिनाथको मन्दिर परिसरमा भेटिएको छ । शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरी वृत्त गौशालाले घटनास्थल मुचुल्का गरेर शवको अनुसन्धा अघि बढाएको थियो ।मृतक व्यक्तिको शरीरमा निलडाम र चोट पटक देखिएपछि मृत्यु संकास्पद भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि अनुसन्धानमा खटिएको छ ।मृतक व्यक्ति संखुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । ‘मृतकको शरीरमा चोटपटक देखिएपछि घटना संकास्पद देखिएको छ । हामीले अनुसन्धान गरिरहेका छौं’ एसएसपी खड्काले भने । मृत फेला परेका गिरी पशुपति क्षेत्रमै बस्ने, मागेर खाने गरेको प्रहरीको भनाइ छ ।प्रहरी स्रोतका अनुसार अनुसन्धान गर्दा यो घटनामा एक ‘बाबा’ जोडिएका छन् । मृत फेला परेका युवक राति कोसँग बसेका छन् भनेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा एक ‘बाबा’ जोडिन आएको देखिएको प्रहरी स्रोतले बताएको छ ।

