बदलिएको कांग्रेस जिताउन डा.शर्माको आग्रह

नेपाली काँग्रेसका नेता एवं मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा। सुनिल शर्माले बदलिएको काँग्रेसलाई विजयी गराउन सबै लाग्नुपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले काँग्रेस पूर्ण रुपमा बदलिएकाले सबैले मतदान गरेर जिताउनुपर्ने बताएक हुन् । उनले अब युवा काँग्रेस, विपी कोईरालाले कल्पना गरेको समावेशी, लोकतान्त्रिक काँग्रेस बनिसकेको भन्दै नागरिकले दिने मत धेरै मूल्यवान रहेको भन्दै कुनै अन्योलमा नरपरी काँग्रेसलाई मतदान गर्न आह्वान गरे। बदलिएको काँग्रेसले नै देश बदल्ने उहाँकोगर्दै विपीहरुले जोगाएको काँग्रेस र रुखलाई मलजल गरिदिने जिम्मा र दायित्व अब नागरिकहरुको रहेको बताएका छन् ।

उनले नागरिकले आफूलाई जिताएर पठाउनेमा आफू विश्वस्त रहेको भन्दै फागुन २१ गते मात्रै कुर्नुपरेको बताए । उनले युवा काँग्रेसबाट अब देश परिवर्तन हुने दाबी समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार