नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका अबुल हुसेनको टिकट खोसिएको छ ।आइतबार बिहानसम्म कांग्रेसका शेरबहादुर देउवाको पक्षमा माइतीघरमा नाराबाजी गरिरहेका हुसेन आइतबार राति नै गुण्डु पुगेर एमालेमा प्रवेश गरेका थिए ।
एमालेले उनलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी–४ मा उम्मेदवार बनाएर टिकट दिएको थियो ।तर, उनलाई दिएको टिकट खोसेर एमालेले जगदीश कुशियैतलाई दिएको छ । हुसेनको दिएको उम्मेदवारको टिकट रद्द गर्दै पुनः कुशियैतलाई दिने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा ग्रहण गरेर आइतबार राति एमाले प्रवेश गरेलगत्तै उनले सुनसरी–४ को टिकट पाए । यसपछि एमालेभित्र बढेको असन्तुष्टि मथ्थर गर्न एमालेले उनलाई दिएको टिकट रद्द गरेको हो ।

