काठमाडौं । काठमाडौँ महानगरपालिका नगर प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले सम्हालेका छन्।
पूर्व प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताका आधारमा जोशीले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
यसअघि विपद् व्यवस्थापन प्रमुख र मध्ये क्षेत्र कमान्ड प्रमुखको जिम्मेवारी सम्हालेका जोशी, पाण्डे निलम्बनमा परेका बेला पनि निमित्त प्रमुखका रूपमा काम गरिसकेका छन्।
पदभार ग्रहणसँगै उनले नगर प्रहरीका वरिष्ठ अधिकृतहरूसँग छलफल तथा निर्देशन दिएका छन्।

