सुनसरी । सुनसरीको धरानमा भेडेटारबाट झर्दै आएको बस ब्रेक फेल भई घरमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बस सिधै घरमा पसेको हो, जहाँ रहेका स्थानीयको ज्यान गएको हो । मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबहादुर राईले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । ठोक्किएको घरमा मेडिकल समेत रहेकाले त्यहाँ चेकजाँचका लागि आएका स्थानीय पनि दुर्घटनामा परेका हुन सक्ने प्रहरीको अनुमान छ ।
कन्सलटेन्सीको नाममा सञ्चालनमा रहेको उक्त बसमा यात्रु थिए–थिएनन् भन्ने विषय अझै खुल्न सकेको छैन ।

