महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा चुनौती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्न स्विकृति दिएको महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।

युवराज पौडेलले उक्त निर्णय संविधान र प्रचलित कानूनको मर्मविपरीत भएको दाबी गर्दै बदरको मागसहित सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका हुन् । उनले महान्यायाधिवक्ताले दिएको स्विकृतिले न्यायिक प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका छन् ।

सर्वोच्च अदालतको मुद्दा महाशाखामा पेश भएको रिट निवेदन हाल कर्मचारीहरूको प्रारम्भिक अध्ययनको क्रममा रहेको छ । निवेदक पौडेलले आरोपपत्र संशोधनका नाममा मुद्दा फिर्ता हुनसक्ने सम्भावना रहेको भन्दै त्यसअघि नै कामकारबाही रोक्न अन्तरिम आदेश जारी गर्नुपर्ने माग पनि गरेका छन् ।

यस प्रकरणले उच्च तहमा पुगेको कानुनी र राजनीतिक बहसलाई थप चर्काउने संकेत देखिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार