राजनीतिक दलको गतिविधिमा खुलेर लागेका मन्त्रीहरूलाई पदबाट अलग हुन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । सरकार गैरदलीय चरित्रमा सञ्चालन भइरहेको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलको गतिविधिमा खुलेर लागेका मन्त्रीहरूलाई पदबाट अलग हुन सुझाव दिएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अनौपचारिक छलफल गर्दै उनले चुनावी तयारीमा रहेका वा दलीय गतिविधिमा संलग्न भइसकेका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेकी हुन्।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सार्वजनिक रूपमा सरकारको निष्पक्षतामाथि प्रश्न उठ्न थालेपछि प्रधानमन्त्रीले परिस्थितिको संवेदनशीलता बुझ्न आग्रह गरेकी थिइन्। गैरदलीय सरकारको मर्म विपरीत मन्त्रीहरू पार्टीगत गतिविधिमा संलग्न हुँदा सरकारको विश्वसनीयतामा असर पर्ने उनको भनाइ थियो।

हाल ऊर्जामन्त्री कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गतिविधिमा सक्रिय देखिँदै आएका छन् । यस्तै, सञ्चारमन्त्री जगदीश खरेलले पनि आगामी निर्वाचन लड्ने चाहना व्यक्त गर्दै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको एकताको धारलाई समर्थन जनाउँदै आएका छन्।

 

सम्बन्धित समाचार

ताजा समाचार