वर्तमान सरकारको मुख्य काम गराउने होः अध्यक्ष रवि सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वर्तमान सरकारको मुख्य काम रुग्ण ठेक्का तोड्ने नभई निर्वाचन गराउने भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा उनले नागरिक सरकारको प्रमुख काम फागुन २१ गते निर्वाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

उनले सरकारले रुग्ण ठेक्का रद्ध गरेर निर्माण व्यवसायीलाई समाज र देशको ‘भिलेन’ का रूपमा प्रश्तुत गरिएको बताए । उनले पूर्वाधारको जिम्मा लिनुभएको मन्त्रीको लहडका कारण सम्पूर्ण निर्माण उद्योगको बदनाम भइरहेको बताए । उनले नागरिक सरकारका मन्त्रीहरू विभिन्न आयोजनास्थलमा पुगेर निर्माण कम्पनीका प्रतिनिधि र सञ्चालकमाथि सार्वजनिक रूपमा आरोप, गालीगलौज तथा अमर्यादित अभिव्यक्ति दिँदै हिँडेको उनको आरोप छ । विगत १५ वर्षदेखि रुग्ण अवस्थामा रहेका ठेक्काहरूको वास्तविक कारण नखोजी एकतर्फी रूपमा ठेक्का अन्त्य गर्ने काम भएको उहाँले बताए । यसले समस्याको समाधान ननिस्किने उनको भनाई छ । उनले पहिले ठेक्का रुग्ण भएको कारण अध्ययन गरेर नियमित हुनसक्ने ठेक्कालाई निरन्तरता दिनुपर्ने र काम हुनै नसक्ने ठेक्का मात्रै अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले ठेक्का तोडिएका ९० प्रतिशत आयोजनाहरु राजनीतिक नेतृत्वले पर्याप्त तयारी बिना ल्याएका, समयमा जग्गा प्राप्ति हुन नसकेका र निर्माणका लागि आवश्यक साइट उपलब्ध नभएका ठेक्काहरु रहेको बताए ।

काठमाडौं उपत्यकाका उदाहरण दिँदै उनले धेरै ठेक्कामा ८० देखि ९० प्रतिशत काम सम्पन्न भइसकेको भएपनि बाँकी कामको लागि साइट नपाएर रुग्ण बनेका ठेक्का हाल तोडिएको जानकारी दिए । निर्माण कम्पनीहरूले पटक–पटक साइट उपलब्ध गराउन वा फरफारक गर्न निवेदन दिएपनि सुनुवाई नगरी बसेको तथा फरफारक हुन्छ भनिएका ठेक्काहरू समेत पछि आएर तोडिएको उनको भनाई छ । उनले साइट नदिएका ठेक्कामा निर्माण कम्पनीसंग माफी माग्नुपर्नेमा उल्टै ‘ठेक्का किन नतोड्ने ?’ भनेर सूचना निकालिएको बताएका छन् ।

उनले भने, ‘यो सबैको जस मैले लिएँ, लिनुपर्छ भनेर हाम्रो पूर्वाधारको जिम्मा लिने मन्त्रीज्युको लहडको कारणले गर्दा आम रुपमा निर्माण उद्योगीहरुलाई समाजको देशको भिलेनको रुपमा प्रस्तुत गर्ने कामहरु भएको छ । विगत १५ वर्षदेखि रुग्ण रहेका ठेक्काहरुलाई निश्चित अवधीको लागी निश्चित जिम्मेवारी लिएर जुन जेनजीको सहादतबाट उत्पन्न भएको सरकार जसको मुल लक्ष्य भनेको सबैभन्दा पहिला निर्वाचित सरकार बनाउन फागुन २१ गते निर्वाचन गराउनु हो । हरेक साईटमा गएर मन्त्रीलाई नचिन्ने प्रोजेक्टले निर्माण कम्पनीको प्रतिनिधि, संचालकलाई विभिन्न आक्षेप, गालीगलौज गर्ने र यो धर्तीमा रहन पनि पाउँदैन भन्ने अभिव्यक्तिहरु दिएर जुन हिसावले आफूलाई प्रचार गरिरहनुभएको छ । त्यो निर्माण उद्योगमा भएको अहिलेको ठेक्का अन्त्य गर्ने परिपाटीले ठेक्का अन्त्य भएर निकास निस्किने कुनैपनि अवस्था सिर्जना हुँदैन । उहाँहरुले १२÷१५ वर्षदेखी रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै जाँदा खेरी त्यो ठेक्का किन रुग्ण भयो भन्ने कुराको वास्तविक अध्ययन गरेर जुन ठेक्का नियमित हुन सक्छ, त्यसलाई पूर्ववर्ती निर्माण कम्पनीबाट काम लगाउने र जति ठेक्काहरु सबै प्रयास गरेर पनि सफल भएन भने त्यसपछि चाहीँ त्यो ठेक्का अन्त्य गर्नुपर्छ । वास्तविक रुपमा भन्ने हो भने ९० प्रतिशत ठेक्काहरु चाँही राजनीतिक नेतृत्वले अनावश्यक रुपमा लहडमा योजना बनाएको कारणले गर्दा समयमा जग्गा प्राप्ती गर्न नसक्ने, कतिपय ठाउँमा साईडहरु दिन नसकेका कारणले ठेक्का तोडिएको छ । वर्तमान अवस्थामा तोडिएका अधिकांश ठेक्काहरु कस्तो छ भने काठमाडौको म उदाहारण दिन चाहन्छु । काठमाडौको २० देखी ८० लाखका ठेक्काहरु ८÷१० वर्ष अगाडी नै रिकरेन्ट, प्याचोक गर्ने ठेक्काहरु तोडिएको छ । कुनै ८० प्रतिशत पुगेको, कुनै ९० प्रतिशत पुगेको र त्यसमा निरन्तर रुपमा उहाँहरुले साईट माग्दाहरु नदिएको ठेक्काहरु । उहाँहरुले त्यो ठेक्कामा कि साईट दिनुप¥यो कि फरफारक गर्नुप¥यो भनेर निवेदन दिईसकेको र यी ठेक्काहरु फरफारक हुन्छ भनिएको ठेक्का तोडिएको छ । काम गर्ने बेलामा साईट नपाएका ठेक्काहरुमा क्षमायाचनासहित निर्माण कम्पनीलाई यो ठेक्का हामीले निरन्तरता दिन सकेनौँ । हामी अन्त्य गर्छौँ भन्नुपर्नेमा यो ठेक्का किन नतोड्ने भनेर सूचना निकालेको अवस्था छ ।’

उनले वर्तमान नागरिक सरकारका मन्त्री कुलमान घिसिङले पार्टी खोलेको र निर्वाचनमा मत तान्नको लागी निर्माण व्यवसायीलाई भिलेन बनाएको पनि आरोप लगाएका छन् । मन्त्री घिसिङको अनाश्यक लहडको कारण निर्माण क्षेत्र तहसनहस बन्ने अवस्थामा पुगेको उनको भनाई छ

सम्बन्धित समाचार

ताजा समाचार