काठमाडौँ । शुक्रबार दिउँसो ३ बजे काँग्रेस कार्यसम्पादन समितिको बैठक आह्वान गरिएको छ ।
विशेष महाधिवेशनका लागि प्रतिवेदन लेख्न भन्दै बिहीबार साँझ धुलिखेल पुगेका महामन्त्री गगन थापा बिहानै सो बैठकका लागि काठमाडौँ फर्किएका छन् ।
उनी निकट केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले महामन्त्री थापा काठमाडौँ फर्किएको जानकारी दिए । थापाले अहिले आफू निकटका नेताहरूसँग कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिरहेका छन् ।

