सुनसरीमा गोलीकाण्डपछि आक्रोश, पूर्व–पश्चिम राजमार्ग ठप्प

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकही क्षेत्रमा बुधबार राति भएको गोलीकाण्डपछि अवस्था तनावग्रस्त बनेको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरीटोलमा अज्ञात समूहको गोली प्रहारबाट ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन् ।

घटनामा संलग्न दोषी अपराधी वा सशस्त्र प्रहरीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग राख्दै स्थानीयले सडकमा साहको शव राखेर प्रदर्शन जारी राखेका छन् । राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार