समानुपातिक बन्दसूचीमाथि आयोगको छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले दलहरूले बुझाएका समानुपातिक उम्मेदवारको बन्दसूचीमाथि छानबिन प्रक्रिया सुरु गरेको छ। आयोगले कानुनअनुसार क्लस्टर मिलान र उम्मेदवारको समावेश–असमावेशको जाँच गरिरहेको जनाएको छ।

प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २० गतेसम्म प्रारम्भिक अध्ययन पूरा गरी दलहरूलाई जानकारी गराइनेछ। दलहरूले पुस २७ गतेसम्म संशोधन गर्न सक्नेछन् भने उम्मेदवारले पुस २८ गतेसम्म नाम फिर्ता लिन पाउनेछन्।

आयोगको कार्यतालिका अनुसार माघ ४ गते बन्दसूची प्रारम्भिक रूपमा सार्वजनिक हुनेछ। अन्तिम बन्दसूची भने माघ २० गते प्रकाशन गरिनेछ।

सम्बन्धित समाचार

ताजा समाचार