काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गरेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सोमबार मध्याह्नसम्म नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–पुष्पलाल) ले सूची बुझाएका हुन्।
समानुपातिक बन्द सूची पेस गर्ने समय आज अपराह्न ४ बजेसम्म तोकिएको छ। आयोगले नामावली जाँचपछि निस्सा प्रदान गर्ने र दर्ता प्रक्रिया अघि बढाउने जनाएको छ।
व्यस्त कार्यतालिकाका कारण समय थप नहुने आयोगको स्पष्टोक्ति छ।

