काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको मतगणना निरन्तर अघि बढिरहेको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाले शीर्ष तहदेखि उपमहासचिवसम्मको प्रतिस्पर्धाको तस्वीर स्पष्ट हुँदै गएको देखाएको छ ।
अध्यक्ष पदतर्फ वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बलियो अग्रता बनाएका छन् । उनले १५६ मत पाउँदा उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ६७ मतमा सीमित छन् । महासचिव पदमा पनि प्रतिस्पर्धा कडा देखिएको छ । शंकर पोखरेलले ११५ मतसहित अग्रता लिएका छन् भने सुरेन्द्र पाण्डेले १०८ मत प्राप्त गर्दै नजिकबाट पछ्याइरहेका छन् ।
उपमहासचिव पदमा लेखराज भट्ट अगाडि देखिएका छन् । उनले हालसम्म १४७ मत बटुलेका छन् । उनलाई योगेश भट्टराईले १४० मतसहित चुनौती दिइरहेका छन् भने विष्णु रिमाल १०५ मतका साथ तेस्रो स्थानमा छन् ।
अन्य उम्मेदवारमध्ये रघुवीर महासेठले १२६, आनन्द पोखरेलले ७१, वैजनाथ चौधरीले ५४ र राजेन्द्र प्रसाद गौतमले २६ मत प्राप्त गरेका छन् ।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासँगै नेतृत्व संरचनाको अन्तिम चित्र स्पष्ट हुने निर्वाचन आयोगले जनाएको छ ।

