तुइनखोलामा पहिरोको जोखिम कायमै

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुइनखोला नजिक खसेको पहिरो पन्छाएसँगै बाटो एकतर्फी खुलेको छ । तर तुइन खोला आसपासको क्षेत्रमा पहिरोको जोखिम भने कायमै छ । माथिबाट ढुङ्गा झर्ने क्रम रोकिएको छैन । लेन अनुशासनको पालना गरी सजग भएर यात्रा गर्न यात्रु र चालकलाई सडक डिभिजन कार्यालय भरतपुर चितवनले आग्रह गरेको छ ।

यस्तै मुग्लिन–नागढुङ्गा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोला नजिकै पहिरोले सडक दुईतर्फी नै अवरुद्ध छ । गाडी रोकिँदा यात्रु र चालकको बिचल्ली भएको छ । बेनीघाट नजिकै जवाङ खोलामा ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने धादिङ प्रहरीले जनाएको छ ।

यो बाटोको सट्टामा विकल्प प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार