फूलपातीमा रिलिज हुने भनिएको ‘अभिमन्यु च्याप्टर १’को रिलिज डेट सर्‍यो

काठमाडौं । दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र ‘अभिमन्यु च्याप्टर १’ अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।

यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ । यस पटक फिल्मले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।

सम्बन्धित समाचार

ताजा समाचार