प्रदर्शनकारीले जलाए प्रहरीकै गाडी

रौतहट। जेनजीको प्रदर्शनका क्रममा प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गाडि जलाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर घेराउ गरेर जेनजीले प्रदर्शन गर्न थालेपछि प्रहरीले दर्जनौं राउण्ड हवाई फायर र अश्रु ग्यास चलाएको छ । जेनजीको प्रदर्शन हिंसात्मक हुन् नदिन प्रहरीले संयमता अपनाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रुपा लाबुंगले जानकारी दिएका छन् ।

चन्द्रनिगाहपुरको अवस्था तनावग्रस्त भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले साढे ११ बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि चन्द्रपुर नगरपालिका भित्र कर्फ्यु जारी गरेको छ ।

उत्तरमा चन्द्रनिगाहपुर चोकदेखि गैडाटार जाने बाटोको पानी ट्याङ्कीसम्म, पूर्वमा चन्द्रनिगाहपुर चोकदेखि चाँदी खोलाको पूल पारीसम्म, दक्षिणमा चन्द्रनिगाहपुर चोकदेखि घोडदेवी मन्दिरसम्म र पश्चिममा चन्द्रनिगाहपुर चोकदेखि महेन्द्र राजमार्गको जिल्ला ट्राफिक प्रहरी कार्यालयको पोष्टसम्म कर्फ्यु लगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारि बिनोद कुमार खडकाले जानकारी दिए । गोरखापत्रबाट

सम्बन्धित समाचार

ताजा समाचार