काठमाडौंका सीडीओले गोली चलाउने आदेश दिएपछि…

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली चलाउन आदेश दिएका छन्।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार, “प्रमुख जिल्ला अधिकारीज्यूले सार्वजनिक सम्पत्तिमा आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएको अवस्थामा सामान्य बल प्रयोग गर्नसक्ने र आवश्यक परे रबरको गोली प्रयोग गर्नसक्ने अनुमति दिनुभएको छ।”

सहायक प्रमुख जिल्ला अधिकारी रिजालले स्पष्ट पारे कि कुनै व्यक्तिमाथि सोझै गोली प्रहार गर्न आदेश नभएको हो।अहिलेसम्म कति जनामाथि गोली चलाइयो र कति घाइते भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार

ताजा समाचार