जेनजी आन्दोलनमा प्रहरीको रबर गोली प्रहार, दुई पत्रकार घाइते

काठमाडौं। सोमबार बानेश्वरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले रबर गोली प्रहार गर्दा दुई जना पत्रकार घाइते भएका छन्।

कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई रबर गोली लागेको छ। उनको उपचार हाल नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा भइरहेको छ।

त्यसैगरी, नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेपछि अस्पतालमा भर्ना गरिएको छ। नेपाल प्रेसकर्मी उमेश कार्की भने रबर गोलीको छर्राले सामान्य चोट लागेका छन्।

प्रहरीको यस कदमपछि पत्रकार र जनसाधारणबीच तनाव बढेको बताइएको छ।

सम्बन्धित समाचार

ताजा समाचार