जेनजीको जुलुसः भयानक शैलीमा उत्रिए, अघि बढ्यो प्रर्दशन

काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शन माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ । प्रदर्शनमा सहभागीहरु नारा लगाउँदै अघि बढेका हुन् ।

भ्रष्टाचार, अव्यवस्थाविरुद्ध सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै आएका युवाहरु सामाजिक सञ्जाल नै बन्द गरिएपछि सडकमा उत्रिएका हुन् ।

सडक ढाकेर प्रदर्शन गरेका कारण सवारी आवागमन प्रभावित भएको छ । उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

जेनजीको यो बिशाल प्रर्दशनले सरकारलाई धक्का लागेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार