काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले दर्ज्यानी चिह्न लगाएका छन् ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई भदौ १९ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । आईजीपी खापुङलाई आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाएका हुन्।
निवर्तमान प्रहरी महानिरीक्षक दीपक थापाले भदौ १८ हिजोदेखि अवकाश पाएपछि खापुङले आजदेखि नेपाल प्रहरीको कमान्ड सम्हाल्दै छन् ।
खापुङको पालामा नयाँ प्रहरी ऐन जारी भए उनको सेवा अवधिमा अहिलेको प्रावधान अनुसार ६ महिना थपिनेछ ।

