नेप्से परिसूचक घट्ने क्रम जारी

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १९.८९ अंक घटेको नेप्से सूचक बुधबार १५.६४ अंक घटेको हो ।

बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक घटेको हो । नेप्से सूचक घटेको भए पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ ।

पछिल्लो समय सेयर कारोबार उधारोमा गर्ने चलन बढेसँगै सेयर बजार सूचक अस्थिर हुने गरेको छ । उधारोमा सेयर किन्ने र ब्रोकरको दबावमा बिक्री गर्नुपर्दा बजारमा धितोपत्र आपूर्ति बढेको छ ।

त्यसले पनि नेप्से सूचक बढ्न नसकेको हो । बुधबार कारोबार सुरु हुँदा २७४१.९७ अंक रहेको नेप्से सूचक १५.६४ अंक घटेर २७२६.३३ अंकमा झरेको छ ।

बुधबार नेप्सेमा ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यसैगरी २ सय १३ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार नेप्सेमा कारोबार भएका सम्पूर्ण समूहगत परिसूचकमध्ये व्यापार र सामूहिक लगानी कोष बढेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार