मुख्यमन्त्री शाह र गभर्नर पौडेलबिच भेटवार्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलबिच आज भेटवार्ता भएको छ ।

बालुवाटारमा भएको भेटवार्ताको क्रममा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनको बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन गर्ने तयारी गरिरहेको छ। सो सम्मेलनको सन्दर्भ पारेर मुख्यमन्त्री शाहसहितको सुदूरपश्चिम प्रदेश सरकारको टोली काठमाडौँ छ।

सम्बन्धित समाचार

ताजा समाचार