दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

तनहुँ । तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका- ४ थर्पु बजारमा मंगलबार राति ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा म्याग्दे गाउँपालिका- ७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।

गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका–१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार