सुदूरपश्चिमका दुई मन्त्री सवार छुट्टा-छुट्टै गाडी एकापसमा ठोक्किए, के-के भयो क्षति ?

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।

मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से-१ झ ३३० र बा-२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।

दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा(२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से-१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । से-१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र बा-२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ ।

हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार