सुदूरपश्चिम । बाजुराको बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ । नदीले बगाउँदा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढाथापाको मृत्यु भएको हो ।
बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर बुढाथापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
दाउरा ल्याउन गएका बुढाथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ ।

