हवाई सेवा देशको कुटनीति र देशको छवि होः सांसद किराँती

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले हवाई सेवा देशको कुटनीति र देशको छवि भएको बताएका छन् ।

शुक्रवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल भइरहेको छ । जसबारे बोल्दै सांसद किराँतीले नेपाल नागरिक उड्डयनलाई प्रभावकारी सेवा र विकासको लागि विधेयक धेरै महत्वपूर्ण रहेको बताए। नेपाल कालोसूचिबाट नहट्दा नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय स्तरमा सन्देश गइरहेको बताएका हुन् ।

उनले भने, ‘हवाई सेवा देशको कुटनीति र देशको छवि हो । अब यो प्रभावकारी सेवा र विकासको लागि यो अति नै आवश्यक नै विधेयक हो । तर हामीले १२ वर्ष बढी बिताइसक्यौँ, यो विधेयक टुंगिएको छैन । कालोसूचिमा नेपाल परेको छ, युरोपियन युनियनको । यसलाई प्रत्यक्ष प्रभाव पर्नेगरी नेपाल वायुसेवा निगमलाई मात्रै हो । अरुसँग त जहाँज छैन । अरु विदेशी जहाँज त रोकेको पनि छैन । नेपाल ध्वजावाहकलाई मात्रै रोकेको हो । हिमालयनसँग त्यो जहाँज छैन । यति ठूलो यसले क्षति गरिरहेको छ । नेपाल कामै नगर्ने देश हो भनेर अन्तर्राष्ट्रिय सन्देश गइरहेको छ ।’

सांसद किराँतीले विधेयकलाई हतार गर्ने नाममा त्रुटीपूर्ण बनउन नहुने बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार