एकाबिहानै हेलिकप्टर दुर्घटनाः सबै यात्रुको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ । देहरादुनबाट केदारनाथ उडेको हेलिकप्टर आइतबार बिहान रूद्रप्रयागको गौरिकुण्डमा दुर्घटना भएको भारतीय अनलाइन पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

हेलिकप्टरमा पाइलटसहित र ६ जना यात्रु सवार थिए । तीमध्ये एक जना बालक रहेको पनि बताइएको छ । हेलिकप्टरमा सवार यात्रुहरूका बारेमा थप विवरण सार्वजनिक भएको छैन ।

आर्यन एभियसन प्रालिको उक्त हेलिकप्टर गौरीकुण्ड र त्रिजंगीनारायणको बीचमा पर्ने दुर्गम गाउँमा दुर्घटना भएको टाइम्स अफ इन्डियाले जनाएको छ । हेलिकप्टरमा सवार सातै जनाको मृत्यु भएको पनि टाइम्स अफ इन्डियाको समाचारमा उल्लेख छ ।

दुर्घटना बिहान ५ः२० बजे भएको उत्तराखण्डको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार