मुलुकमा आउने जटिल समस्यालाई समाधान गर्ने राजनितीक उपचार नेपाली काँग्रेस होः अब्दुल सत्तार

काठमाडौं । नेपाली काँग्रेसमा आवद्ध भएका सम्पुर्ण नेता कार्यकर्ताहरुले मेलमिलापसहित एकजुट भएर अगाडी बढ्नुपर्नेमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले जोड दिएका छन् ।

जिल्ला पार्टी कार्यलय बेंसीसहर, लम्जुङमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टीभित्र असल सम्बन्ध एवं मेलमिलाप हुनुपर्नेमा सत्तारले सत्तारले जोड दिए । अगामी दिनमा पार्टीभित्र देखिने समस्याहरुलाई समाधान गर्दै सबै एकजुट भएर अगाडी बढ्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

नेपाली काँग्रेसले केन्द्रबाटै सच्चिनुपर्नेमा समेत उनले जोड दिए । अबको समयमा पार्टीलाई सही तरिकाले अगाडी बढाउने क्षमता भएको नेतालाई अगाडी बढाइनुपर्ने धारणा उनको छ ।

मुलुकमा आउने जुनसुकै जटिल परिस्थितीलाई पनि सामना गर्न सक्ने पार्टी नेपाली काँग्रेस मात्रै भएको उनको धारणा छ ।

केन्द्रिय सदस्य सत्तारले कांग्रेसको मूल विचार लोकतन्त्र भएको बताउँदै यहाँका नेता तथा कार्यकर्ताले पार्टीभित्र र बाहिर लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्ने सल्लाह दिएका छन् । संगठन सुदृढीकरणमा सक्रिय, युवा र महिलाको सहभागिता, भ्रष्टाचार र सत्ता दुरुपयोगविरुद्ध स्पष्ट सन्देश दिन, जनतासँगको सम्बन्ध बलियो बनाउने लगायतका सुझाव उनले दिएका छन् ।

उनले भने,—‘नेपाली काँग्रेसले मुलुकमा आउने राजनितीक, आर्थिक तथा सामाजिक समस्याहरुलाई हल गरेर अगाडी बढ्नै पार्टी भनेकै नेपाली काँग्रेस हो । नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले भ्रष्टाचार गरेका छन् कि छैनन् त्यो मलाई थाहा छैन । तर यो मुलुकमा भएको भ्रष्टाचारको जिम्मा नेपाली काँग्रेसले लिनुपरेको छ । सबैले भन्छन् नेपाली काँग्रेसले भ्रष्टाचार गरेको छ । अब काँग्रेसले भ्रष्टाचारलाई सुन्यतामा ल्याउनका लागि अगाडी बढ्न जरुरी छ ।’

अब आउने महाधिवेशन र अगामी निर्वाचनमा भ्रष्टाचारलाई न्युनिकरण गरी शुन्यतामा ल्याउने एजेण्डा हुन जरुरी रहेको बताएका छन् ।

 

सम्बन्धित समाचार

ताजा समाचार