कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन रोकियोस् : राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कालीगण्डकी नदीबाट अवैध रुपमा बालुवा, ढुङ्गा गिटी उत्खनन गर्ने शृङ्खला बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै अध्यक्ष केसीले प्राकृतिक संरचना नै बिग्रिने गरी कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा दोहन हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा नझिक्नु भनेर सर्वोच्च अदालतले आदेश गर्दा पनि कर्मचारी र जनप्रतिनिधिहरू मिलेर दोहन गरिरहेको आरोप लगाए । उनले तत्काल उक्त नदीबाट बालुवा, ढुङ्गा गिटी उत्खनन नरोकिए नदी छेउको बाटो नै भासिने जोखिम रहेको बताए ।

कालीगण्डकी नदीबाट अवैध रुपमा भइरहेको बालुवा, ढुङ्गा गिटी उत्खनन रोक्न सम्बन्धित मन्त्रालयले पहल गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार

ताजा समाचार