गर्मी मौसममा जुस पिउँदा हुन्छन् यस्ता फाइदा

काठमाडौं । अहिले काठमाडौं सहित देशभर गर्मी बढेसँगै खासगरी खानपानमा बिषेस ध्यान दिनुपर्ने हुन्छ । गर्मी हो या जाडो मौसम हामीले खानपानमा ध्यान दिन आवश्यक हुन्छ ।

गर्मी मौसममा जुस पिउँदा हुने फाईदाहरु

यो गर्मी मौसममा आफूलाई ताजा र स्वास्थ्य राख्नका लागि धेरै प्रकारका जुस र चिसो पेय पदार्थको सेवन गरिन्छ । यस्तोमा तपाई बेलको जुस पिउन सक्नुहुन्छ, तपाईको शरीरलाई अचुक फाइदा मिल्छ । बेलले स्वास्थ्यका साथै सौन्दर्यलाई निखारर्ने पनि काम गर्छ । आयुर्वेदमा बेललाई गुणको खानी बताएइन्छ । बेलबाट पाइने प्रोटिन, बिटा–क्यारोटिन, थायमिन, राइबोफ्लेभिन र भिटामिन सी निक्कै गुणकारी हुन्छ ।

यी हुन् फाइदाहरु

१. मुटुलाई स्वस्थ राख्दछ

बेलको रस तयार गरेपछि त्यसमा थोरै घ्यु मिसाएर दैनिक एक निश्चित मात्रामा पिउने गर्नाले मुटुलाई स्वस्थ राख्दछ । यसले मधुमेहलाई समेत नियन्त्रित गर्दछ ।

२. कब्जियतको समस्या समाधान गर्दछ ।

नियमित रुपमा बेलको जुस पिउने गर्नाले ग्यास, अपच र कब्जियतको समस्याबाट राहत मिल्छ ।

३. कोलस्ट्रोलको मात्रालाई नियन्त्रित राख्न मद्धत गर्दछ ।
४. पखाला नियन्त्रणमा लाभदायक हुन्छ ।
बेलको रसले पखालालाई रोक्ने काम गर्दछ । बेलको रसलाई सख्खर वा चिनीसँग मिलाएर पिउने गर्नाले पखाला रोकिन्छ ।

५.शरीरलाई भित्रै देखि चिसो राख्दछ ।

बेलको जुस पिउने गर्नाले शरीरमा गर्मीको प्रभाव हुँदैन । साथै यसले एसिडिटीलाई पनि भगाउँदछ ।

६. सुत्केरी महिलाको लागि लाभदायक मानिन्छ ।

सुत्केरी अवस्थामा बेलको जुस पिउने गर्नाले दूध उत्पादनमा सहायकसिद्ध हुन्छ ।
७. क्यान्सरबाट बचाउँछ ।

नियमित रुपमा बेलको जुस पिउने गर्नाले स्तन क्यान्सर जस्ता जोखिमबाट बचाउँछ ।
८. रगतलाई सफा गर्दछ ।

बेलको जुसमा केही मनतातो पानी मिसाउने र त्यसमा थोरै मह राख्ने । यसरी तयार भएको जुस नियमित पिउनाले रगतलाई सफा गर्दछ ।

दिनुहँ एउटा गोलभेंडा खाने हो भनेपनि धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।

सम्बन्धित समाचार

ताजा समाचार