इजरायली सेनाले भन्यो- हमासले बन्धक बनाएका एक व्यक्तिको शव भेटियो

हमासले गाजामा बन्धक बनाएक एक व्यक्तिको शव फेला पारेको इजरायली सेनाले जनाएको छ।

बद्दू समुदायका एक सदस्य युसुफ जियादनालाई हमासले बन्धक बनाएको थियो । ५३ वर्षीय जियादनाको शव मंगलबार दक्षिणी रफाह क्षेत्रमा रहेको एउटा सुरुङबाट बरामद गरिएको हो।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

इजरायली सेनाले अर्को व्यक्तिको पनि हत्या भएको संकेत दिने प्रमाण मिलेको जिकिर गरेको बीबीसीले जनाएको छ ।

सेनाले युसुफका छोरा २२ वर्षीय हम्जाका बारेमा पाएको जानकारीले थप चिन्ता बढाएको जनाएको छ।

युसुफ र उनका छोरालाई ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा हमासका बन्दुकधारीहरूले आक्रमणको क्रममा बन्धक बनाएका थिए।

हम्जाका दुई दाजुभाइ, आइशा र बिलाललाई पनि उनीहरूसँगै किबुत्ज फार्मबाट बन्धक बनाइएको थियो।

२०२३ नोभेम्बरमा एक हप्ताको संघर्ष विरामका क्रममा १०५ बन्धकलाई रिहा गरिएको थियो, जसमा आइशा र बिलाल पनि सामेल थिए।

हमासले गत ७ अक्टुबर सन् २०२३ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार