युएईले श्रमिकलाई थप्यो १४ हजारको भार

नेपालले संयुक्त अरब इमिरेट्स ९युएई० सँग कूटनीतिक पहल गर्न नसक्दा युएई जाने श्रमिकमाथि थपिएको आर्थिक भारले निरन्तरता पाएको छ।विगत दुई महिनायता पुलिस रिपोर्टका नाममा युएई जाने श्रमिकमाथि प्रतिव्यक्ति अतिरिक्त १४ हजार रूपैयाँभन्दा धेरै भार थपिएको छ। जेनजी आन्दोलनपछि नेपाली प्रवेशमा कडाइ गरेको युएईले पुलिस रिपोर्ट अनिवार्य गरेसँगै प्रमाणीकरणका नाममा अतिरिक्त भार थपेको हो। पुलिस रिपोर्ट प्रमाणीकरणका लागि युएईले ३५३।२७ दिराम ९हालको विनिमय दर अनुसार १४ हजार १४४ रूपैयाँ० शुल्क लिँदै आएको छ।

जेनजी आन्दोलनअघि युएई प्रवेशका लागि पुलिस रिपोर्ट अनिवार्य थिएन। त्यसैले यो शुल्क पनि तिर्नुपर्दैन थियो।त्यसयता भने श्रमिकहरू ठगिइरहेका छन्। सरकार श्रमिकको पक्षमा उभिएर कूटनीतिक पहल गर्न नसक्दा श्रमिकहरूमाथि आर्थिक भारसँगै झन्झट समेत थपिएको वैदेशिक रोजगार व्यवसायीहरूले समेत गुनासो गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार