रास्वपाका सभापति रवि लामिछानेले संवैधानिक आयोग र नियोगहरूबाट व्यवहारिक निर्णय गर्न कठिनाइ हुँदै गएको भन्दै जनअपेक्षाअनुसार काम गर्न नम्र राजनीतिक आक्रामकता देखाउने बताएका छन् ।
रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा सम्बोधन गर्दै उनले धेरै कुरामा समय कुरेर बस्न नसक्ने उल्लेख गरे ।‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन । जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ ।’

