माओवादी र एमालेको केही क्षेत्रमा गठबन्धन

नेकपा एमाले र नेकपा माओवादीले केही निर्वाचन क्षेत्रमा गठबन्धन गर्ने भएका छन् । एमालेका महासचिव शंकर पोखरेल र माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच तालमेलको सहमति भएको हो ।

सहमति अनुसार एमाले महासचिव पोखरेलको क्षेत्र दाङ-२ र माओवादी प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ उम्मेदवार रहेको कालीकोटमा चुनाबी गठबन्धन हुनेछ । यही सहमतिअनुसार दाङ २ मा माओवादीले आफ्नो उम्मेदवार उठाएको छैन ।

एमालेले कालीकोटमा नगीन्द्र शाहीलाई उम्मेदवार बनाएको छ । तर, सहमतिपछि एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ । त्यहाँ एमालेले प्रकाण्डलाई समर्थन गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार