संयोजक दाहालले रुकुम पूर्वबाट मनोनयन दर्ता गराए

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पूर्व निर्वाचन क्षेत्र नं। १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दाहलले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन। जनयुद्धको उद्गमस्थल मानिने रुकुम क्षेत्रबाट उम्मेदवारी दर्ता गराउँदै दाहालले सो क्षेत्रको विकास र समृद्धिका लागि आफू प्रतिवद्ध रहेको बताए । यसअघि २०७९ को निर्वाचनमा गोरखा–२ बाट विजयी हुनुभएका दाहालले यसपटक जनयुद्धको ऐतिहासिक महत्व बोकेको रुकुम पूर्वलाई रोजेका हुन । मनोनयन दर्ताका क्रममा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । देशभर आजै प्रमुख राजनीतिक दलका शिर्ष नेताहरूले आफ्ना निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइरहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार