नेपाली कांग्रेस महाधिबेशन चर्चा

स्वस्तिका पन्थी । २००७ साल पछिका बिभिन्न राजनितीक कालखण्डको नेतृत्व नेपाली कांग्रेसले गर्यो । त्यसपछी केहि बर्ष अगाडीदेखि अद्योगतीको यात्रामा हिडेको नेपाली कांग्रेस पछिल्लो भदौ २३ र २४ गतेको जेनजी बिद्रोह सम्म आईपुग्दा नेपाली कांग्रेस कि त सक्किने कि त सच्चिने बिन्दुमा छ ।

अब नेपाली कांग्रेसको १५औं महाधिबेशन पनि पुष २६ गतेबाट हुदैछ । नेपाली कांग्रेसको निति र अबको नेतृत्व कस्तो होला ? सर्बत्र चासोको बिषय बनेको छ । यो अधिबेशन केवल नेपाली कांग्रेसको नेतृत्व परिवर्तन मात्र होईन राष्ट्रिय राजनितीमा सन्जिबनि बुट्टी बन्न सक्ने बलियो आधार हुने अनि जनताले चाहेको परिवर्तनको संवाहक पनि हो ।
पार्टीको आन्तरिक अधिबेशनको भाखा सार्दै कार्यकर्तामै अन्यौलताको सिमाले नेटो काट्ने गरेको नेपाली कांग्रेसको महाधिबेशन १५औं सम्ममा आईपुग्दा समयमा नै सम्पन्न हुने संकेत पनि देखिएको छ । यसले आम कार्यकर्तामा एक किसिमको सकारात्मक धारणा बटुल्नेमा नेतृत्व तह बिश्वस्त देखिन्छ । त्यसो त यस पटकको महाधिबेशनलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ता मात्र होईनन् , नेपाली राजनितीमा चासो राख्ने आम जनसमुदायले पनि यो महाधिबेशनलाई चासो राखेको देख्न सकिन्छ । उसो त लोकतान्त्रिक ठुलो पार्टी र मुलुकको अप्ठेरो परिस्थिीतिलाई काध हालेर सेफल्याण्डीड. गराउदै आएको ईतिहास हुनाले पनि यस पटकको १५ औं महाधिबेशनलाई लिएर आम जनसमुदायको चासो रहेको कांग्रेशका नेताहरु बताउँदछन् ।

डेढ महिना सम्म बिशेष महाधिबेशन र नियमित महाधिबेशनको चक्करमा घुमेका महामन्त्री गगन थापाको काँधमा अर्को जिम्मेवारी थपिएको छ । हस्ताक्षर समेटेर शेखर कोईरालाको दैलोमा बिशेष महाधिबेशनको प्रस्ताब बोकेर गएका उनलाई कोईरालाले पार्टी फुटको संघारमा जाने भन्दै फिर्ता पठाएपछी उनी झन प्रेसरमा परेको उनको निकटष्थहरु बताउँछन् ।
यतिबेला बिशेष महाधिबेशनको हस्ताक्षर झोलामा बोकेर हिडेका गगन थापा र विश्वप्रकाश शर्मालाई नै अधिबेशनको जिम्मा दिईएको छ । अघिल्ला अभ्यासलाई हेर्ने हो भने ७ । ८ महिनामा टुंगो लगाईने गरेको कृयाशिल सदस्यको समस्या अहिले १ महिनामै समाधान गर्नुपर्ने जिम्मेवारी शर्मा र थापा माथी छ ।

उसो त पौष २६ मा यदि नियमित अधिबेशन भएन भने २७ बाटै नेपाली कांग्रेसको बिशेष महाधिबेशनको ढोका खुल्ने एकातिर चर्चा छ । महाधिबेशनकै लागी बाहिरिएका दुई क्यालेन्डर निस्कनुनै नेपाली कांग्रेसको गलत अभ्यासको शुरु भएको देख्न सकिन्छ । कोईराला र थापा यतिबेला कार्यकर्ताका आशाका प्यालाहरु बनेका छन् । नेपाली कांग्रेसमा यि दुई रोल मोडलका बिचमा महाधिबेशन केन्द्रित हुने देखिएता पनि उता शेरबहादुर देउवाले आफ्नो बिरासत पुर्ण बहादुर खड्कामा लगेर जोगाउने दाउँमा छन् । यसो भनिरहदा ठुलो लोकतान्त्रीक मानिएको पार्टी नेपाली कांग्रेसमा पावर सेयरीड.को सम्भावना पनि उत्तीकै देखिन्छ । कार्यकर्ता र आम जनमानसले आकलन गरेको यो अभ्यासलाई पनि शिर्षस्थ नेताहरु सजिलै अँगाल्न तयार छैनन् । आम कार्यकर्ताको एक प्रकारको चाहना शेखर र गगन मिल्नुमा नेपाली कांग्रेसको उज्वल भविष्य देख्दछन । उता अघिल्लो महाधिबेशनमा एक्लै ४० प्रतिशत मत ल्याएका शेखर कोईराला भने देउवा पक्षका मतदाता बाँडिनेमा बिस्वस्त छन् । एक्लैले पनि ५१ प्रतिशत मत बढाउने उनले घोषणा पनि गरिसकेका छन् । यसरी हेर्दा नेपाली कांग्रेसको यस पटकको महाधिबेशन एक किसिमको साढे जुधाई हुने निस्चित छ ।

जेन्जी आन्दोलन पछी उथुलपुथुल भएको राष्ट्रिय राजनितिको प्रत्यक्ष प्रभाव नेपालका हरेक दलमा परेको छ । जसका कारण पनि कछुवा गतिमा हुने नेपाली कांग्रेसको महाधिबेशन अब खरायो गतिमा गर्नुपर्ने दबाब सिर्जना भएको छ ।नेपाली कांग्रेसमा चल्ने गरेको जोड घटाउको राजनितीले साच्चै नै यसपटकको महाधिबेशनमा कत्तिको प्रभाव पार्ला त ? त्यो भने सबैको चासोको बिषय बनेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार