काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन सम्बन्धी आयोगको सबै कामकारबाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले अधिवक्ता मनीराम उपाध्यायको रिटमाथि सुनुवाइ गर्दै आयोगको पछिल्लो सूचना लक्षित गरी आदेश दिएको हो। यसअघि जारी आदेशपछि आयोगले केही व्यक्तिको हकमा मात्रै छानबिन रोक्ने सूचना निकालेको थियो, जसविरुद्ध पुनः रिट दायर भएको थियो।
सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले अन्तरिम आदेश जारी भएको पुष्टि गर्दै आदेशको पूर्ण विवरण प्राप्त भएपछि थप जानकारी आउने बताए।

