निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । निर्वाचन आयोगको उन्नाईसौँ वार्षिक प्रतिवेदन २०८१/८२ प्रतिनिधि सभामा पेश गरिएको छ ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । त्यसैगरी बैठकमा उनले राष्ट्रिय सुरक्षा परिषदको आठौं वार्षिक प्रतिवेदन २०८१/८२, राष्ट्रिय महिला आयोगको अठारौं वार्षिक प्रतिवेदन २०८१/८२ पनि क्रमशः पेश गरे ।

संवैधानिक अंग वा निकायहरुको वार्षिक प्रतिवेदन संसदमा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित समाचार

ताजा समाचार