गणेश नेपाली आत्मदाह प्रकरणः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं । गणेश नेपालीको आत्मदाह घटनापछि सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउन डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै गृहमन्त्री सुधन गुरुङले घटनाको निष्पक्ष अनुसन्धानका लागि उक्त समिति गठन गरिएको बताएका हुन्। उनका अनुसार समितिले घटनाको सम्पूर्ण पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।

गृहमन्त्री गुरुङले अनुसन्धानलाई प्रभावकारी बनाउन घटनासँग सम्बन्धित तीन जना महानगर प्रहरीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पनि जानकारी दिए। उनले घटनाको वास्तविकता बाहिर ल्याउन सरकार प्रतिबद्ध रहेको र छानबिनका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।

सम्बन्धित समाचार

ताजा समाचार