काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार असफल भईसकेको टिप्पणी गरेका छन् । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भएको जिकिर गरेका हुन्।
नेता पुनले संसद भवन अगाडि पे्रमे आश्चार्यको आत्मदाहसम्बन्धि घटनाको स्मरण गराउँदै आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनि गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र साहलाई स्मरण गराए । उनले प्रधानमन्त्री साहलाई गरिव, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो ? भनि सरकारलाई सरकारलाई प्रश्न समेत गरेका छन् ।
नेता पुनले भने,‘गणेश नेपालीको मृत्युको घटनाले स्तब्ध बनाएको छ । म उहाँप्रति श्रद्धाञ्जी व्यक्त गर्दछु । र यो सन्दर्भमा अहिले सामाजिक सञ्जालमा भाईरल भईराखेको सम्माननीय प्रधानमन्त्रीज्युको २६ जनवरी २०२३ को एउटा स्टाटस छोटोमा म यहाँ उद्धृत गर्न चाहन्छु । एक जना नागरिक आफूले देखेको प्रगतिको लागि सक्ने सबैकामहरु गर्दछन् । एक जना नागरिक आफूले चिनेको वा जानेको सबैलाई आफनो विगत सुनाएर आफले आत्माहत्या गर्न लागेको खवर गर्दछन । एक जना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्दछन् । त्यो आत्मादाहका धेरै कारण, धेरै संकेतहरु होलान । तर सबैभन्दा ठूलो कारण राज्य हो । र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । सम्माननीय सभामुख महोदय सम्माननीय प्रधानमन्त्रीज्यू हुुनुहुन्छ । नयाँ आशाा साथ, नयाँ विश्वासका साथ उहाँ जनमतका साथ आउनु भएको छ । होइन के यो राज्यको असफलता हो ? यो गरिव, दुःखी, विपन्न, सुकुम्बासीहरु यो राजधानी वा देशभरी बाँच्न पाउँदैनन ? उनीहरुले गरिखान पाउँदैनन भन्ने संकेत हो रु सरकारको यसमा ध्यान जाओस । जवाफ चाहन्छु यसबारे सम्माननीय सभामुख महोदय । प्रधानमन्त्रीको यही दृष्टिकोण छ कि बदलियो ? सत्तामा पुगेपछि । म यस विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेता पुनले वर्तमान सरकारले गरिवलाई गरेर खाने वातावरण समेत नदिएको गुनासो गरेका छन् ।

