महेन्द्रनगर । कञ्चनपुरको नजिक मोटरसाइकल दुर्घटनामा एक पुरुष घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ करिब ८ः३० बजे मोटरसाइकल कुकुरसँग ठोक्किँदा चालक घाइते भएका हुन्।
घाइतेको नाम, थर र ठेगाना खुल्न सकेको छैन। उनी गहुँगोरो वर्णका, करिब ५।५ फिट अग्ला र अन्दाजी ५०–५५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएको छ। हाल उनको उपचार भइरहेको छ।

