करेन्ट लागेर एक बालिकाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।गौरीगंगा नगरपालिका–६ का तपेन्द्र साउदी ८ वर्षीय छोरी आयुस्मा साउदको शनिबार बेलुकी करेन्ट लागेर मृत्यु भएको हो।

बालिकालाई घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते भइकी बालिकाको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार