बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ।

