सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विद्युत व्यापारमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएकी हुन् ।
सांसद गुरुङले उत्पादित विद्युत समेत प्रशारण लाइन र भण्डारणको उचित व्यवस्था नहुँदा उपयोग हुन नसकेकाले सरकारले यसको आवश्यक प्रवन्ध गरी उर्जा व्यापारको विषयमा आवश्यक कदम चाल्नुपर्ने बताए । उनले समयमा नै जलविद्युत आयोजनहरु सम्पन्न गर्न पनि सरकारलाई दवाव दिइन् ।
सांसद गुरुङले भनिन्,‘आज पनि धेरै जलविद्युत आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेका छैनन । कतै प्रशारण लाईन निर्माणमा ढिलाई छ । कतै जग्गा अधिग्रहणको समस्या छ । कतै वातावरणीय प्रभाव मूल्यांकनको विषय अडकिएको छ । परिणाम स्वरुप उत्पादन भएको विद्युत समेत पूर्ण रुपमा उपयोग हुन सकेको छैन । यो केवल प्रशासनिक कमजोरी होइन । राष्ट्रिय स्रोतको उपयोगमा भएको गम्भिर कमजोरी पनि हो । ऊर्जा व्यापारमा सरकारले उचित कदम चाल्नुपर्दछ ।’
सांसद गुरुङले विद्युतको खपत क्षमता बढाउनका लागि पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार